Section 5
जाँचबुझ समितिको कार्यालय र कर्मचारी

 (१) जाँचबुझ समितिको कार्यालय सभामुखले तोकेको ठाउँमा रहनेछ ।

(२) जाँचबुझ समितिको कामको लागि आवश्यक पर्ने कर्मचारी व्यवस्थापिका संसद सचिवालयले उपलब्ध गराउनेछ ।

 (३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि जाँचबुझ समितिले अनुरोध गरेमा नेपाल सरकार वा नेपाल सरकारको स्वामित्वमा रहेको संस्थाको कुनै कर्मचारीलाई नेपाल सरकारले जाँचबुझ समितिको कामको लागि उपलब्ध   गराउनेछ ।